नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालबीच भुक्तानी सेवा सम्वन्धी सम्झौता
काठमाडौं, १७ साउन । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालबीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएको छ । महासंघको केन्द्रिय कार्यालय नक्सालमा आइतबार आयोजित एक कार्यक्रमकाबीच महासंघका अध्यक्ष माणिक रत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोक कृष्ण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई संस्थाबीच भएको उक्त सम्झौता पश्चात सुनचाँदी ब्यवसायीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणाली मार्फत लिन सक्नेछन् । यो सम्झौता पश्चात सुनचाँदीका गरगहनाको खरिद पश्चात अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्डहरु मार्फत रकम भुक्तानी गर्न थप सहज हुनेछ । यसले उपभोक्ता र ब्यवसायी दुपै पक्षलाई फाइदा पुग्ने बिश्वास लिइएको छ ।
यसका लागि गेटवे पेमेण्ट नेपालले सहजकर्ताको रुपमा काम गर्ने छ ।