Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

छ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

छ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं, २५ साउन । सोमबार शेयर बजार परिसूचक नेप्से १.४७ अंकले बढेर ३१०९. ६० विन्दुमा रोकिएको छ । कारोबारमा आएका मध्ये हाइड्रोपावर, फाइनान्स, अन्य, जीवन र निर्जीवन बीमा समूहमा गिरावट आएपनि अन्यमा भने सुधार छ ।

कारोबार पनि २२४ कम्पनीको १४ अर्ब ७२ लाख रुपैयाँ बराबरको मात्र भएको छ । आइतबार (हिजो) १४ अर्ब २७ करोड १२ लाख रुपैयाँमा खरिद विक्री भएको थियो ।

यस्तै सोमबार आइसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पाटर्नर, नेपाल हाइड्रो डेभलपर्स, यूनियन हाइड्रो र जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । एसबिएल डिबेञ्चर, माच्छापुच्छ्रे बैंक डिबेञ्चर, कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने गुमाएका छन् । यी कम्पनीको शेयर मूल्यमा ३ प्रतिशतभन्दा माथिको गिरावट छ ।

सबैभन्दा धेरै शेयर कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ। यो कम्पनीको ६७ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x