Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

साउनमा १ खर्ब ७१ अर्बको वैदेशिक व्यापार

साउनमा १ खर्ब ७१ अर्बको वैदेशिक व्यापार

काठमाडौं, ११ भदौ । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको वैदेशिक व्यापार १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँ बराबरको भएको छ । भन्सार विभागले बिहीवार सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार सो अवधिमा २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको माल वस्तु निर्यात भएको छ भने १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

आव २०७७÷७८ को सोही अवधिमा ९ अर्ब ६२ करोड बराबरको माल वस्तु निर्यात भएको थियो । यस्तै ८५ अर्ब ८० करोड बराबरको आयात भएको थियो ।

आव २०७७÷७८ मा कूल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड पुगेको थियो । अघिल्लो वर्ष यस्तो निर्यात ०।६ प्रतिशतले वृद्धि भएको थियो । आव २०७७÷७८ मा १५ खर्ब ३९ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको थियो ।

चालू आवको पहिलो महिनामा व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड बराबर पुगेको छ । गतवर्षको साउनको तुलनामा २०७८ साउनमा व्यापार घाटा ७०.५९ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *