महासंघको ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रमको आवेदन पुनः सुचारू

काठमाडौं, ११ भदौ । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरूस“ग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिने समय पुनः सुचारू गरेको छ ।
कार्यक्रममा अनलाइन आवेदन गत बैशाख ४ गतेदेखि खुला गरिएको थियो । ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याइएको हो ।
कोभिड महामारीका कारण बढी भन्दा बढी स्टार्टअप उद्यमीहरूलाई समेटन नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीहरूको सहभागिता हुन सकोस भनेर महासंघले आवेदन दिने समय पुनः सुचारू गरेको जनाइएको छ। यसअघि आवेदन दिई सकेकाले पुनः आवेदन दिनुपर्ने छैन भने आवेदक फर्म भरि सकेपछि महासंघबाट इमेल मार्फत सम्पर्क गरिने छ । आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि दिन सकिने छ ।
उक्त आवेदन प्रक्रियालाई पुनः सुचारु गरी कार्यक्रममा मुलुकभरबाट बढी भन्दा बढी स्टार्टअप उद्यमीहरूको सहभागिता बढाउने कार्यमा सहयोग गर्न महासंघले आफना सातैवटा प्रदेश चेप्टरहरूलाई आग्रह समेत गरेको छ ।लगानीकर्ताहरूको व्यावसायिक अभिरूचीसंग छनौट भएर आउने स्टार्टअपहरूलाई मिलान गराई फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग
गर्नेछ ।
नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना÷स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि समेत यो आवेदन गरिएको हो । एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफनो व्यवसायमा शीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन दिन सक्नेछन् ।