Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गरिमा विकास बैंकद्वारा ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना

गरिमा विकास बैंकद्वारा ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना

काठमाडौं, ११ भदौ । गरिमा विकास बैंकले प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गरेको छ । यो टिकटक प्रतियोगितामा नेपाल भित्र रहेका सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्ने बैंकले जनाएको छ ।

यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने हुनेछ । यस पर्वको मर्म विपरीत बनेको वा उत्श्रृङ्खल तवरले बनेका भिडियोहरुलाई विजेताको रुपमा छनोट नगरिने जनाइएको छ। प्रतियोगिताको विजेताले ९ हजार, उप–विजेताले ६ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार जित्ने छन् भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको एउटा भिडियोले २ हजार रुपैयाँ जित्ने बैंकले जनाएको छ ।

इच्छुकले भदौ २४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar#Garimabikasbank ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x