Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

तेह्रथुम पावरको आईपीओमा आज बैंकिङ समयभित्र आवेदन दिन सकिने

तेह्रथुम पावरको आईपीओमा आज बैंकिङ समयभित्र आवेदन दिन सकिने

काठमाडौं, १३ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासान तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर भदौ ९ गतेदेखि निष्काशनमा ल्याएको थियो ।

निष्कासन गरिएको कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ६० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *