Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल लाइफ इन्स्योरेन्सले नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने

नेपाल लाइफ इन्स्योरेन्सले नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने

काठमाडौं, १३ भदौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने भएको छ। काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल लाइफले उक्त शेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्नेछ । कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले इस्योरेन्सले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरे । यस्तै नेशनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलिया बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x