Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आइतबार नेप्से परिसूचक ४९ अंकले घटेर बन्द, साढे १५ अर्बभन्दा बढीको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ४९ अंकले घटेर बन्द, साढे १५ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं, १३ भदौ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४९.१८ अंकले घटेको छ । आज १.५९ प्रतिशतले घटेर परिसूचक ३०४५.२० विन्दुमा रोकिएको हो । आज कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको मात्र परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

आज २२७ कम्पनीको २ करोड ४८ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँमा खरिद विक्री भएको छ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडर खानिखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य आज प्रतिकित्ता १०३.४० रुपैयाँ वृद्धि भएर १ हजार १३७.४० रुपैयाँ पुगेको छ । त्यस्तै खानिखोलाको शेयर मूल्य पनि ३९.३० रुपैयाँ वृद्धि भएर ४३२.३० रुपैयाँ पुगेको छ ।

रु रु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै सिगटी हाइड्रो इनर्जी लिमिटेडको पनि शेयर मूल्य ७ प्रतिशतले घटेको छ ।

आज अरुण भ्याल्ल हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको १ अर्ब ३१ करोड ८३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x