‘बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२०’ को दोस्रो उपाधि नेपाल एसबिआई बैंकलाई
काठमाडौं, १५ भदौ । नेपाल चार्टड अकाउन्टेन्टस् संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२०’ मा नेपाल एसबिआई बैंक दोस्रो भएको छ । उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले बैंकलाई प्रदान गरेको हो । होटेल ¥याडिसनमा आयोजित एक कार्यक्रममा आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माले नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमलाई उक्त उपाधि हस्तान्तरण गरेका हुन् ।
नेपाल एसबिआई बैंकले ८८ शाखा, १८ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, ६ शाखा रहित बैंकिङ सेवा र १२२ एटीएमबाट सेवा दिँदै आएको छ ।