प्रभु क्यापिटलद्वारा ‘प्रभु ऐश्वर्य योजना’ सुरुवात
काठमाडौं, १५ भदौ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तरगत नयाँ प्रोडक्ट ‘प्रभु ऐश्वर्य योजना’को प्रारम्भ गरेको छ । महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी भदौ १५ (आज)देखि उक्त योजनाको सुरुवात गरेको हो । महिलाको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पु¥याउन सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको छ ।
यो योजनामा सहभागी हुन चाहने महिलाहरुले न्यूनतम ३ लाख रुपैयाँदेखि लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन् । यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यस योजनामा सलंग्न भएका ग्राहकहरुले यस क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने बताइएको छ । साथै साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने पनि व्यवस्था गरिएको छ । त्यसैगरी ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसनसिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको छ ।
यस योजनाको विस्तृत विवरण पाउनका लागि ग्राहकहरुले क्यापिटल अन्तर्गत पिएमएस हटलाइन् सपोर्ट नं. ९८४००७६२०० तथा ०१–५९७०२०० मा सम्पर्क गर्न सक्ने छन् ।