कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई सोल्टी होटलमा छूट
काठमाडौं, १६ भदौ । कामना सेवा विकास बैंकका ग्राहकले सोल्टी होटलको सेवा सुवधामा छूट पाउने भएका छन् । मंगलवार बैंक र सोल्टी इन्टरप्राइजेज प्रालिबीच यससम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकले सम्झौतामा उल्लिखित खाना तथा पेयपदार्थमा १० प्रतिशत छूट पाउनेछन् । यसका लागि ग्राहकले बैंकको एटीएम कार्ड र कर्मचारीले बैंकसँग आबद्ध रहेको कुनै पनि प्रमाण देखाए पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोल्टी इन्टरप्राइजेज अन्तर्गत काठमाडौंमा सोल्टी क्राउन प्लाजा र नेपालगञ्जमा सोल्टी इन्टर्न प्रिमियर होटल सञ्चालनमा छन् । यस्तै कामना सेवा विकास बैंकका देशभर १२९ शाखा, एक एक्स्टेन्सन काउन्टर र ७५ वटा एटिएम रहेका छन् ।