Date

मङ्ल, फाल्गुन २७, २०८१
Tue, March 11, 2025

सञ्चय कोष प्रमुख गौतमलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

सञ्चय कोष प्रमुख गौतमलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं, १७ भदौ । कर्मचारी सञ्चय कोषका प्रमुख तुलसीप्रसाद गौतमलाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यसअघि अर्थ मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको रिट निवेदनउपर बिहीवार सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेशसँगै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यससँगै अदालतले छलफलका लागि समेत बोलाएको छ ।

न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलाशले दिएको उक्त आदेशसँगै गौतम अब पूर्ववत् अवस्थामै काममा फर्कन सक्नेछन् । सरकारले केही दिनअघि गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । यससँगै गत बिहीवार कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धिताललाई दिइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x