Date

आइत, बैशाख १४, २०८२
Sun, April 27, 2025

बेष्ट फाइनान्सको साधारण सभा सम्पन्न, साधारण सभाको निर्णय सिनर्जी फाइनान्सलाई प्राप्त गर्ने

बेष्ट फाइनान्सको साधारण सभा सम्पन्न, साधारण सभाको निर्णय सिनर्जी फाइनान्सलाई प्राप्त गर्ने

काठमाडौं, २५ चैत्र । बेष्ट फाईनान्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले सिनर्जी फाइनान्सलाई १ कित्ता बराबर बेष्ट फाइनान्स कम्पनी लिमिटेडको १ कित्ताको शेयर रेसियो निर्धारण गरी प्राप्ती गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम यस संस्थाको चुक्ता पुँजी प्राप्ती पश्चात ८९ करोड ०५ लाख रुपैयाँ पुग्ने बताएको छ ।

प्राप्ती पश्चात कम्पनीको नाम बेष्ट फाइनान्स कम्पनी लिमिटेड रहने र केन्द्रिय कार्यालय हाल सिनर्जी फाईनान्स कम्पनीको कर्पोरेट कार्यालय रहेको भवन कमलादी काठमाडौंमा रहनेछ । संयुक्त रुपमा कारोबार हेर्दा चैत्र २१ गतेसम्मको तथ्याङ्क अनुसार कुल निक्षेप २ अर्व ११ करोड ६० लाख रुपैयाँ, कुल कर्जा १ अर्व ८३ करोड ५९ लाख रुपैयाँ, कुल शाखा संख्या १४ रहने देखिन्छ । साथै सिनर्जी फाइनान्सको साधारण सभा पनि बेष्ट फाइनान्समा गाभ्नको लागि निर्णय पारित गरि सम्पन्न भएकोे जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *