सतप्रतिशत हकप्रद शेयर पछि नेपाल इन्स्योरेन्सको शेयर मुल्य समायोजन

काठमाडौं, २५ चैत्र । नेपाल स्टक एक्सचेन्जले हकप्रद शेयर प्रयोजनको लागि नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मुल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको शेयर प्रति कित्ता ५०३ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेका अनुसार कम्पनीको शेयर आधार मुल्य ६९४.२५ रुपैयाँ तोकिएको छ ।

कम्पनीले हालको चुक्ता पुँजीको १ बराबर १ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ बराबरको ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको हाल चुक्ता पुँजी ३० करोड १९ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीले आफ्नो ६९औं वार्षिक साधारण सभामाफर्त शेयरधनीहरुलाई ४.५२३८ प्रतिशत बोनस शेयर दिने भएको छ । हकप्रद शेयर र बोनस शेयरको पुँजीकरण पछि कम्पनीको चुक्ता पुँजी ६१ करोड ७६ लाख रुपैयाँ पुग्ने बताइएको छ ।

कम्पनीको ६९औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई थप ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव राख्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *