Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

नबिल बैंकद्वारा दिगो बैंकिङका लागि साझेदारी

नबिल बैंकद्वारा दिगो बैंकिङका लागि साझेदारी

काठमाडौं, ९ असोज । नबिल बैंकले धादिङको गल्छी गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । साथै बैंकले गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी समेत गरेको छ । नबिल बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले उक्त साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रमरतालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रमरतालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा नबिल बैंकका बागमती प्रदेश प्रमुख श्रेष्ठले यस सम्झौताले गल्छी गाउँपालिकामा रोेजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठले नबिल बैंकको दिगो बैंकिङ कार्यक्रमले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा दिगो बैंकिङ परामर्शदाता राजु नेपाल, नबिल बैंकका बागमती प्रदेश अन्र्तगत स्वयम्भु क्लस्टर प्रमुख प्रज्वलकुमार सुवेदी, नबिल दिगोे बैंकिङका प्रबन्धक लिला प्रसाद ओेझा, गल्छी शाखा प्रबन्धक, गाउँपालिका कर्मचारीहरु, किसान, युवा तथा महिला उद्यमीहरुको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *