धनकुटाको तमोर नदिमा फस्टाउदै र्याफटिङ व्यावसाय

युवराज पन्त/धनकुटा
काठमाडौं, २६ चैत । प्रदेश न. १ को धनकुटा जिल्ला स्थित तमोर नदिमा र्याफटिङ व्यवस्साय फस्टाउदैं गएको छ । यस वर्ष अहिले सम्म २५ सय भन्दा वढी आन्तरिक तथा वाह्य पर्यटकहरुले तमोर नदीमा र्याफटिङको मज्जा लिइसकेको ¥याफटिङ सञ्चालन समितिले जनाएको छ ।
धनकुटाको पर्यटकीय स्थल मुलघाटदेखि सुनसरीको चतारासम्म करिब ३४ किलोमिटरको दुरीमा तीन कम्पनीले व्यवसायीक र्याफटिङ सञ्चालन गर्दै आएका छन् । विशेषगरि मंसिर महिनादेखि जेठ महिनासम्म यो व्यवसाय सञ्चालन हुने गरेको छ। र्याफटिङप्रति आर्कषक बढेपनि यसपटक बढी चिसोका कारण अपेक्षाभन्दा कम संख्यामा उपस्थित भएको तमोर रिभर एड्भेन्चर धरानका सञ्चालक मदन ढकालले बताए ।उनका अनुसार यस खेलमा लागि युवा पुस्ताको आकर्षक बढ्दो छ ।
धनकुटाको मूलघाट देखि सुनसरीको चतारासम्मको जलयात्रा पूरा गर्न दिउँसो ७ घण्टामा यात्रा पुरा गर्न सकिन्छ भने रातको समयमा करिब १४ घण्टा जति लाग्ने सेतु एड्भेन्चरका सञ्चालक सेतु सिलवालले जानकारी दिए । एक पटकमा कम्तीमा १६ देखि २० जनासम्मको समूह समावेश गरिने सिलवालले बताए । यस ब्यवसायबाट अहलिे ५ हजारले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगरी पाइरहेका छन् ।