Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

नेपाली महिला आरोही पूर्णिमाले पहिलो पटक धवलागिरिको सफल आरोहण गरिन

नेपाली महिला आरोही पूर्णिमाले पहिलो पटक धवलागिरिको सफल आरोहण गरिन

काठमाडौं, १५ असोज । ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरि हिमालको पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छिन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालको पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् ।

काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् । सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए ।

श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले भने आरोहण गरे–नगरेको पुष्टि हुन बाँकी रहेको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *