Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

कामना सेवाद्वारा ‘युनिफोकल रिडिङ ग्सास’ सेवा शुभारम्भ

कामना सेवाद्वारा ‘युनिफोकल रिडिङ ग्सास’ सेवा शुभारम्भ

काठमाडौं, १६ असोज । कामना सेवा विकास बैंकले ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पताल सँगको सहकार्यमा विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको “आँखालाई माया गरौं” भन्ने नारालाई आत्मसात् गरी विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज होस् भन्ने उद्देश्यका साथ नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक युनिफोकल रिडिङ ग्लासको सेवा शुभारम्भ गरेको छ । यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था हो ।

बैंकका अध्यक्ष श्री सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. श्री गोपाल प्रसाद पोख्रेलज्यूले संयुक्त रुपमा आज एक समारोहकाबीच उक्त सुविधाको शुभारम्भ गरेका हुन् । बैंकले यस अगाडि पनि भिजुअल्ली इम्पायर्ड व्यक्तिहरुलाई समेत आफै खाता खोली बैंकिङ कारोबार गर्न सहयोग मिलोस भन्ने उद्देश्यले ब्रेललिपि प्रयोग गरि बचत खाता सञ्चालनमा ल्याइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *