Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

औद्योगिक उत्पादन क्षमताको ६४.८ प्रतिशत उपयोग

औद्योगिक उत्पादन क्षमताको ६४.८ प्रतिशत उपयोग

काठमाडौं, १६ असोज । गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उद्योगको कुल उत्पादन क्षमताको ६४.८ प्रतिशत उपयोग भएको पाइएको छ । प्रमुख औद्योगिक क्षेत्रका गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको ‘आद्योगिक अवस्थिति प्रतिवेदन’ले यस्तो देखाएको हो ।

प्रतिवेदनका अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको चौथो त्रैमासमा उद्योगको आय ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा भने उद्योगको आय ४.७ प्रतिशतले ऋणात्मक थियो । प्रतिवेदनले व्यवसायको क्षमता उपयोगमा कोभिड–१९ को महामारीको प्रत्यक्ष असर परेको र यो अवस्था सुधारोन्मुख रहेको देखाएको छ ।

अध्ययनमा सहभागी भएकामध्ये ८३ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् । यसैगरी ६९.७ प्रतिशत उद्योगले जेनेरेटरबाट ऊर्जा उत्पादन गरी उद्योग सञ्चालन गरिरहेको अध्ययनले देखाएको छ । यसले उद्योगको उत्पादन लागत ४.९ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ ।

नेपालको औद्योगिक क्षेत्रको आवधिक तथ्यांक नभएको अवस्थामा परिसंघले पहिलोपटक यस्तो प्रतिवेदन तयार गरेको हो । प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति तर्जुमाका लागि सहयोग गर्ने परिसंघको विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x