Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एशिया बैंकको ‘एनआइसी एशिया भाइबर क्विज बज’मा सहभागी भई आकर्षक उपहार जित्न सकिने

एनआईसी एशिया बैंकको ‘एनआइसी एशिया भाइबर क्विज बज’मा सहभागी भई आकर्षक उपहार जित्न सकिने

काठमाडौं, १६ असोज । एनआईसी एशिया बैंकको भाइबर स्टिकर ‘एनआइसी एशिया भाइबर क्विज बज’मा सहभागी भई आकर्षक उपहार जित्न सकिने भएको छ । बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरूमाझ उपस्थिति जनाउने उद्देश्यले आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको हो ।

हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिएको भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले बैंकले एनआइसी एशिया भाइबर क्विज बजसमेत सञ्चालनमा ल्याएको छ । जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सकिनेछ ।

असोज १४ देखि कात्र्तिक १० गतेसम्म सञ्चालन हुने एनआई सी एशिया भाइबर क्विज बजमा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिनुहुने एक जनाले साप्ताहिक रूपमा आकर्षक स्मार्टवाच जित्नसमेत जित्न सकिनेछ । हरेक दिन ४ जनाले रू। ५०० को मोबाइल रिचार्ज समेत जित्न सक्ने बैंकले जनाएको छ । जसका लागि बैंकको भाइबर कम्युनिटीमा जोडिई त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ ।

प्रतियोगिता अन्तर्गत सोधिने प्रश्नमा दिइएका चार वटा विकल्पहरू मध्येबाट सहभागी महानुभावहरूले सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्नेछन् र जति धेरै सही जवाफ दियो त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको बैंकको दावी छ ।

बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएको खण्डमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरिएको छ । यस प्रतियोगिताका अन्य नियम तथा शर्त बैंकको वेबसाइटमा उपलब्ध छन् । भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबारभित्र सर्च बक्समा गई यस बैंकको नाम एन आई सी एशिया बैंक खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको एनआई सी एशिया भाइबार क्विज बज योजनामा सहभागिता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिनेछ ।

बैंकले हालसम्म ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आ एको छ । यस्तै २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू।२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामिण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x