Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

अग्रिम टिकटमा देखिएन आकर्षण, आठ दिनमा १७ हजार मात्रै बुकिङ

अग्रिम टिकटमा देखिएन आकर्षण, आठ दिनमा १७ हजार मात्रै बुकिङ

काठमाडौं, १९ असोज । यस वर्ष दशैं, तिहार लगायत चाडपर्वका लागि खुलाइएको अग्रिम टिकट बुकिङमा सर्वसाधारणको चाप घटेको छ । विगतका वर्षमा दशैं नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङ गर्नेहरूको संख्या उल्लेख्य रहने गरेकोमा यस वर्ष खासै विक्री भएको देखिँदैन ।

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट असाज ११ देखि खुलाइएकोमा अग्रिम टिकट १७ हजार यात्रुले मात्रै बुकिङ गरेका छन् । गतवर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो । यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन् ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले यस वर्ष अघिल्ला वर्षहरुको जस्तो अग्रिम बस टिकट लिने यात्रुको चाप नभएको बताए । ‘कोरोना महामारी र बाटोको दुरावस्थाका कारण अग्रिम टिकट लिने यात्रु सोचेजस्तो छैनन्,’ उनले भने । हाल नयाँ बसपार्कमा दैनिक एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।

काठमाडौँको नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलङ्कीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *