Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

तरलता संकुचित भए पनि कारोबार गर्न पैसा भएन भन्ने अवस्था छैन : सीईओ उपाध्याय

तरलता संकुचित भए पनि कारोबार गर्न पैसा भएन भन्ने अवस्था छैन : सीईओ उपाध्याय

काठमाडौं, १९ असोज । बैंकिङ प्रणालीमा यतिबेला तरलता अभाव संकटकै रूपमा देखापरेको छ । लगानीयोग्य रकमको अभाव बढ्दै गएपछि बैंकहरूले स्रोत जुटाउन निक्षेपमा ब्याजदर बढाएका छन् । तर यो पनि खासै प्रभावकारी बन्न सकेको छैन ।

यसैबीच, कृषि, विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायले भने तरलता संकुचन भए पनि बैंकहरूलाई यतिबेला कारोबार गर्न पैसा नै भएन भन्ने अवस्था नरहेको बताएका छन् । मंगलवार मंगलवार ‘अर्थको अर्थ’सँगको भिडियो संवादमा सीईओ उपाध्यायले कर्जा मागको तुलनामा स्रोत अभाव हुँदा बैंकहरूले लगानी गर्न नसकेको भए पनि राष्ट्र बैंकले जारी गर्ने अल्पकालीन अवधिका उपकरणहरूले केही सहज बनाएको बताएका हुन् ।

तरलता समस्या देखिनुमा गतवर्ष बैंकहरूको कर्जा ग्रोथ धेरै बढेको, अहिले नयाँ कर्जा पनि गएको, सरकारी खर्च नभएको लगायत कारण रहेको उनको भनाइ छ । यद्यपि अहिले देखिएको तरलता समस्या दशैंपछि केही सहज बन्ने समेत विश्वास लिएका छन् । सरकारी खर्च बढ्ने, विप्रेषण भित्रने, राजस्व संकलन लगायत कारणले दशैंपछि अहिलेको अवस्थामा केही सुधार हुने उनले बताएका हुन् ।

कतिपय बैंक विज्ञ एवं बैंकरहरूले समेत राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीसीडी रेशियो हटाएर लागू गरेको सीडी रेशियोको व्यवस्था कर्जा प्रवाह गर्ने क्षमता घट्ने बताइरहेका बेला सीईओ उपाध्यायले भने यसलाई स्वाभाविक रूपमा लिएका छन् । सीसीडी रेशियो अन्तर्राष्ट्रियस्तरमै प्रयोगमा नरहेको तर तत्कालीन अवस्थामा सहजताका लागि केन्द्र्रीय बैंकले यो लागू गरेको उनको भनाइ छ । हेर्नुहोस् भिडियो :

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x