Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

शेयर बजार ४१ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

शेयर बजार ४१ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं, १९ असोज । लगातार ओरालो लाग्दै आएको शेयर बजार मंगलबार भने बढेर बन्द भएको छ । आज ४१.८४ अंकले नेप्से परिसूचक २६१२.६५ विन्दुमा रोकिएको हो । आज बजार बढेर बन्द भएको भएपनि कारोबार रकममा भने कमी आएको छ । सोमबार ३ अर्ब ६२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ६३ अर्ब रुपैयाँ घटेर २ अर्ब ९९ करोड रुपैयाँको भएको छ । २२३ धितोपत्रको ४१ हजार ५१ पटकको करोबारमा ५८ लाख ४२ कित्ता खरिद विक्री भएको छ ।

आज साटवटा धितोपत्रहरुमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले मूल्य बढ्नेमा मल्टिप्रपोज फाइनान्स, समता घरेलु लघुवित्त वित्तीय संस्था र हिमालयन पावर पार्टनर लिमिटेड रहेका छन् । त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर र जनउत्थान समुदायिक लघुवित्त विकास बैंकको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

आज एआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिकशतले घटेको छ । यो कम्पनीले ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेपछि यसको शेयर मूल्य लगातार घट्न थालेको हो । मंगलबार यो कम्पनीको शेयर मूल्य १ हजार १४२.१० रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज शिखर इन्स्योरेन्सको प्रमोटर शेयर र मेरो माइक्रोफाइनान्सको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । शिखरको प्रमोटर शेयर १३ करोड ६६ लाख रुपैयाँमा खरिद विक्री भएको छ भने मेरो माइक्रोफाइनान्सको ११ कारोड ८६ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

आज उद्योग समूहबाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x