एनआरएनएको आगामी अध्यक्षमा उपाध्यक्ष केसीको पनि उमेदवारी घोषणा

काठमाडौं, १९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अध्यक्षका लागि वर्तमान उपाध्यक्ष डा. बद्री केसीले पनि उमेदवारी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी संघको आगामी अध्यक्षमा उमेदवारी घोषणा गरेका हुन् । उमेदवारी घोषणा गर्दै केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपाल लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फण्ड, संस्थागत पुनःसंरचना एवं सुदृढीकरण, गैर आवासीय नेपालीका हक हित अधिकार, नेपाली पर्यटन प्रवद्र्धन र अन्तर्राष्टिय संघ–संस्थाहरुसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

आफ्नो कार्यकालमा विदेश पढ्न गएका विद्यार्थीहरुलाई एनआरएनको पहिचान दिन पहल गर्ने पनि उनको भनाई छ ।

यसैगरी एनआरएनएको आगामी अध्यक्षका लागि कुल आचार्य र रविना थापाले पनि उमेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *