चालू वर्षमा कृषि विकास बैंकले २० हजार किसानलाई कार्ड बाढ्ने
काठमाडौं, २५ असोज । कृषि विकास बैंकले करिब १६ सय किसानलाई कार्ड वितरण गरेको जानकारी दिएको छ । नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले मुलुकका विभिन्न भू–भागका किसानका लागि कार्ड वितरण गरेको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले जानकारी दिए । किसान र कृषि उपजको कारोबारलाई बैंकिङ प्रणालीमा जोड्ने उद्देश्यले किसानलाई क्रेडिट कार्ड वितरण सुरु गरिएको हो ।
चालू आर्थिक वर्षमा २० हजार किसानलाई कार्ड वितरण गर्ने प्रमुख कार्यकारी अधिकृत उपाध्यायले जानकारी दिए । कार्ड वितरणसँगै उनीहरुलाई त्यसको प्रयोगबारे प्रशिक्षित समेत गराउँदै जानुपर्ने बैंकको दायित्व छ । त्यसका लागि बैंकले ३० वटा शाखा कार्यालयमा छुटै जनशक्ति व्यवस्थापन गरेको उनले जानकारी दिए ।
यो कार्डको उपयोग किसान, कृषि तथा वन व्यवसायी, कृषि मर्चेन्ट लगायतले गर्नेछन् ।