Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सिटिजन्स बैंक र लस्कर फूड्स एण्ड डेलिभरी सर्भिसेसबीच छूट सम्झौता

सिटिजन्स बैंक र लस्कर फूड्स एण्ड डेलिभरी सर्भिसेसबीच छूट सम्झौता

काठमाडौं, २५ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पकनाजोलस्थित लस्कर फूड्स एण्ड डेलिभरी सर्भिसेस प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका मोबाइल बैंकिङ ग्राहक एवं कर्मचारीले लस्कर फूड्स एण्ड डेलिभरी सर्भिसेस प्रालिका विभिन्न सेवामा विशेष छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकका लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्पmत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । मोबाइल बैंकिङमार्पmत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्ने लगायत व्यवस्था समेत रहेको जानकारी बैंकले दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x