ग्लोबल आइएमई बैंकले ल्यायोे ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’
काठमाडौं, ४ कात्तिक । ग्लोबल आइएमई बैंकले बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ। हाइब्रिड बचत खातामा एक लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा छ।
यस बचत खाताको समयावधी ग्राहकहरुको इच्छा अनुसार एक वर्षदेखि पाँच वर्षसम्मको रहने बैंकले बताएको छ। बैंकका अनुसार मुद्दतिमा परिणत भएको रकमको बैंकले मुद्दति खातामा प्रकाशित गरेको उच्चतम ब्याजदर कायम हुनेछ।
यसका साथै, नयाँ हाइब्रिड बचत खातावाला ग्राहकले एक वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्क रुपमा प्राप्त गर्नेछन्। बैंकले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८४० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।