Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सन्राइज बैंक लिमिटेडका ग्राहकलाई केएफसी र पिज्जा हटमा विशेष छुट

सन्राइज बैंक लिमिटेडका ग्राहकलाई केएफसी र पिज्जा हटमा विशेष छुट

काठमाडौं, ४ कात्तिक । सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुबिधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिँदै आएको छ । सोही क्रममा रेष्टुरेन्ट क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यका साथ बैंकले देवयानी इन्टरनेशनल (नेपाल)प्रा.लिसंग सम्झौता गरेको छ । ग्राहकलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल (नेपाल)प्रा.लिका नायब महाप्रबन्धक (वित्त बिभाग) रितुराज शाहबीच हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले केएफसी र पिज्जा हटमा खाना र बेबरेजको खरिदमा सन्राइज बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन् । ग्राहकहरुले केएफसी र पिज्जा हटको उपत्यकाभित्र र बाहिरको १७ वाट शाखाहरुबाट नै यस छूटको लाभ लिन सक्नेछन् ।

बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियान अनुरूप आफ्ना ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x