Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एक सातामा करिब २०० अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि झण्डै २ गुणा वृद्धि

एक सातामा करिब २०० अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि झण्डै २ गुणा वृद्धि

काठमाडौं, १३ कात्तिक । यो साता शेयर बजार लगातार उकालो लागेको छ । बजार उकालो लागेसँगै साताभरीमा १९७.५ अंकले बजार बढेको छ । साताको पहिलो कारोबार दिन कात्तिक ७ गते आइतबार २५८४.६२ विन्दुमा भएको बजार साताको अन्तिम करोबार दिन बिहीबार २७८२.१२ विन्दुमा पुगेको हो ।

त्यस्तै यो साता कारोबार रकममा पनि वृद्धि भएको छ । गत साताभरी १३ अर्ब ५६ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएकोमा यो साताभरीमा २५ अर्ब ४० करोड ८३ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । यो गतसाताको तुलनामा ११ अर्ब ८४ करोड ६५ लाख रुपैयाँ बढी हो ।

यो साता लगातार बजार बढ्नुको मुख्य कारणका रुपमा बैंकको व्याजदरलाई लिइएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई व्याजदर बढाउँने सिमा तोकिदिएपछि बजारले लय लिन थालेको हो । गत भदौ २ गते ३२०० विन्दु नजिक पुगेर बन्द भएको बजार त्यसयता लगातार घट्दै आएको थियो । अब बजार कता जाने हो भनेर आम लागनीकर्ता अहिले पनि अन्योलमा छन् ।

गत बिहीबारसम्म बजार पूँजीकरण ३८ खर्ब ९४ अर्ब ९२ करोड ६५ लाख पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x