Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालगञ्ज भन्सारको राजस्व सङ्कलनमा वृद्धि

नेपालगञ्ज भन्सारको राजस्व सङ्कलनमा वृद्धि

नेपालगञ्ज, १३ कात्तिक । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामै पाँच अर्ब ४९ करोड राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयको राजस्व सङ्कलन वृद्धि ११० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयले २१ अर्ब राजस्व सङ्कलन गरेको थियो । चालू आवमा २५ अर्ब राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य छ । चालू आवमा प्रेट्रोलियम पदार्थ, चामल, दालचिनी, गहुँ, मकै, उद्योग, कच्चापदार्थ, लत्ताकपडा, गेडागुडी, तरकारी र खसीबोकाको आयातमा वृद्धि भएको छ । जडीबुटी र सुगन्धित तेल निर्यात बढी भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले बताए ।

नेपालगञ्ज नाकाबाट हरेक वर्ष चामल आयातमा वृद्धि हुँदै गएको छ । नेपालगञ्ज नाकाबाट गत आवमा वर्षमा १ अर्ब ५२ करोड ३७ लाखको गेडागुडी भारतबाट आयात भएको भएको थियो । बाँकेमा खुला सीमाका कारण भन्सार कार्यालयलाई लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न समस्या हुने गरेको भण्डारीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x