Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

काठमाडौं, १६ कात्तिक । नेकपा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पाँच दलीय गठबन्धनबाट उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख अधिकारीले सरकार गठन आह्वान गरेलगत्तै गठबन्धनमा आवद्ध दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए।

सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेर त्यसको पत्र बुझाएपछि प्रदेश प्रमुखले उनको राजीनामा स्वीकृत गर्दै मंगलबार एक बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए।

मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री राईको सपथ मंगलबारै दिउँसो ३ बजे हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x