राष्ट्रिय वाणिज्य बैंकका अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं, १६ कात्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका अध्यक्ष डा. बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि बैंक संचालक समितिको सोमबार बसेको बैठकले पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गगरेका छन् । साथै, उनलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संचालकको रुपमा कार्य गरेको अनुभव रहेको छ ।
पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्र्तगतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेशामा आवद्ध छन् ।