कुमारी बैंकको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, १७ कात्तिक । कुमारी बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा नक्सालस्थित नक्साल कार्यालयमा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७७-७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
साधारण सभाले शेयरधनीहरुलाई आ।व।२०७७र०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनश शेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत गरी २।६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ हुनेछ ।
आर्थिक वर्ष २०७७-७८ को आषाढ मसान्तसम्म बैंकले कुल निक्षेप १५७ अर्ब १७ करोड परिचालन तथा कुल कर्जा रकम १४३ अर्ब ७७ करोड प्रवाह गरी संचालन मुनाफा ३ अर्ब १९ करोड तथा १ अर्ब ९७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाण्डु उपत्यका भित्र र बाहिर गरी १९६ शाखा संजाल, १७५ एटिएम्, १४ एक्स्टेन्सन काउन्टरका साथै ३३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।