Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कम्पनी दर्ता तथा नवीकरणको संख्या बढ्यो

कम्पनी दर्ता तथा नवीकरणको संख्या बढ्यो

काठमाडौं, १७ कात्तिक । सरकारले कम्पनी दर्तामा गतवर्षको तुलनामा छूट सुविधा दिएसँगै दर्ता तथा नवीकरणको संख्या बढेको छ । गतवर्षकोे असोज मसान्तसम्ममा ७ हजार ५२६ कम्पनी दर्ता तथा उद्यावधिक भएकोमा हाल ९ हजार ७९४ कम्पनी दर्ता भएको कम्पनी रजिस्ट्रारको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार गतवर्षको तुलनामा हाल उद्योग दर्ता गराउनेको संख्या ३० प्रतिशतले बढेको छ । असोजमसान्तसम्म कम्पनी दर्ता तथा विवरण अद्यावधिकबाट ? ३४ करोड ९१ लाख बढी राजस्व सङ्कलन भएको छ ।

कार्यालयको तथ्यांकअनुसार हालसम्म दुई लाख ७२ हजार बढी कम्पनी दर्ता छन् । तीमध्ये करिब १० प्रतिशत कम्पनीले नियमित र १० प्रतिशतले जरिवाना तिरेर विवरण अद्यावधिक गराउने गरेको कार्यालये बताएको छ ।

कम्पनीले ऐनको दफा ५१, ७८, १२०, १३१ र १५६ अनुसारका विवरण, सूचना, जानकारी वा जवाफ सो कार्यालयमा बुझाउनुपर्छ । तोकिएका विवरण तोकिएका समयमा नबुझाएमा कम्पनीका सञ्चालक वा यसका पदाधिकारीलाई रजिस्ट्रारले कम्पनीको पूँजी र बिलम्ब भएको समय हेरी न्यूनतम ? एक हजारदेखि वार्षिक बीस हजारसम्म नगद जरिवाना गर्ने व्यवस्था छ ।

ऐनको दफा १३६ मा लगातार ३ वर्षसम्म कम्पनीले वार्षिक आर्थिक विवरण, सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन वार्षिक साधारणसभाबाट अनुमोदन भएको ३० दिनभित्र रजिस्ट्रारको कार्यालयमा नबुझाएमा वा विवरण नबुझाएबापत् तिर्नुपर्ने जरिवाना नतिरेमा कम्पनी खारेज गर्ने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x