सुनको मूल्य ४०० बढ्यो

काठमाडौं, २४ कात्तिक । बुधबार स्थानीय बजारमा सुनको मूल्य ४०० रुपैयाँ वृद्धि भएको छ । मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १२ सय ५० रुपैयाँमा खरिद विक्री भएको चाँदी आज पनि सोही मूल्यमा खरिद विक्री भएको छ ।