Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कामना सेवाको १९.४७ प्रतिशत लाभांश पारित

कामना सेवाको १९.४७ प्रतिशत लाभांश पारित

काठमाडौं, २४ कात्तिक । कामना सेवा विकास बैंकले प्रस्तावित १९.४७ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठमा मंगलवार वार्षिक साधारण सभा आयोजना गरि कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रुपैयाँको आधारमा १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक १० गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीले पारित गरेको लाभांश प्राप्त गर्नेछन् ।

त्यसैगरी सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम तय गरेकोमा पुरानै सञ्चालकहरुलाई निर्विरोध निर्वाचित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x