Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

प्रभु बैंकको शेयर कारोबार फुकुवा

प्रभु बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं, २६ कात्तिक । नेपाल स्टक एकसचेञ्ज (नेप्से)ले प्रभु बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक राखेर लाभांश घोषणा गरेको भन्दै बिहीबार स्पष्टिकरण सोधेको थियो । बैंकले आगामी दिनमा कारोबार समयमा संचालक समितिको बैठक बसेर लाभांश घोषणा नगर्ने भन्ने स्पष्टिकरण दिएपछि दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार खुला गरेको हो।

नेप्सेले शुक्रबारको निर्णय अनुसार कात्तिक २६ गतेदेखि बैंकको बन्द रहेको धितोपत्रको दोस्रो बजार कारोबार खुला गरेको बताएको छ ।

प्रभु बैंकले कात्तिक २३ गते आर्थिक वर्ष २०७७/७८ सम्मको चुक्तापूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार २९९ को १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *