
काठमाडौं, २६ कात्तिक । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूह अन्तर्गतको ११ हजार ७५३ कित्ता शेयर बिक्री खुला भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. ६ सय ७५ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १,००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई २०७८÷०५÷१० गते सूचना प्रकाशन गरी ३५ दिनको समय दिई सकिएको समेत जानकारी गराउँदै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले कात्तिक २५ गते देखि मंसिर १ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने उल्लेख छ ।
Leave a Reply