हिमालयन बैंक र एनसीएचएलबीच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता

काठमाडौं, २६ कात्तिक । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्यूआर संचालन गरी ग्राहकलाई डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन हिमालयन बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड बिच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुविधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ कारोबार पूरा गर्न सकिने विश्वास बैंकले लिएको छ ।
ग्राहकहरुले नेपाल पे क्यूआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्यूआर मार्पmत डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत एचसीएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउनेछ ।
हिमालयन बंैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले बंैक तथा क्लियरिङ्ग हाउसका अन्य कार्यकारीहरुको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।