Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

गरिमा विकास बैंक र सहारा विकास बैंकबीच एक्विजिशनपछि एकीकृत कारोबार शुरू

गरिमा विकास बैंक र सहारा विकास बैंकबीच एक्विजिशनपछि एकीकृत कारोबार शुरू

काठमाडौं, २९ कात्तिक । गरिमा विकास बैंक लिमिटेड र सहारा विकास बैंकबीच एक्विजिशन सम्पनन भई आजदेखि एकीकृत कारोबार शुरु भएको छ । आइतवार काठमाडौँ महानगरपालिका वडा नंं. २ लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक सर्लाही जिल्ला मलंगवा वडा नं. ९ मा केन्द्रिय कार्यालय रहेको साविक सहारा विकास बैंक प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको हो ।

प्राप्ति पश्चात विकास बैंकको जारी तथा चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५।०८ पुग्ने छ । प्राप्ति पश्चात विकास बैंकको केन्द्रिय कार्यालय काठमाडौँ महानगरपालिका वडा नं। २ लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टर सहित १११ वटा शाखा कार्यालय हुनेछ । प्राप्ति प्रश्चात बैँकले शेयरधनी, सेवाग्राही, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैँकिङ् क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिइएको बैंकले जनाएको छ ।

आइतवार सर्लाहीको मलंगवामा आयोजित एकिकृत कारोवार शुभारम्भ समारोह प्रदेश २ महिला वालवालिका एवं युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले उद्घाटन गरेका छन् । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उपस्थितलाई स्वागत गरेका थिए भने सञ्चालक डा। आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा साविक सहारा विकास बैँक लिमिटेडका अध्यक्ष सुगन्ध कुमार गुप्ताले सम्पूर्ण शेयरधनी, कर्मचारी तथा सरोकारवाला लगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

एकीकृत कारोबारको औपचारिक सुरुवातपछि बैंकले एक विज्ञप्ति प्रकाशित गरी आफ्ना सम्पूर्ण ग्राहकहरू, शेयरधनीहरू, नेपाल राष्ट्र बैँक, कम्पनी रजिष्टारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लिमिटेड लगायतका नियामक निकायहरु, कर्मचारीहरूलगायत सम्पूर्ण शुभचिन्तकलाई कृतज्ञता व्यक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x