एनएमबि बैंकमा एआईमा आधारित केवाईसी, भिडियो कलमा आधारित खाता खोल्ने सुविधा
काठमाडौं, २९ कात्तिक । एनएमबि बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित रहेर खाता खोल्न सकिने योजना ल्याएको छ । बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो सेवामार्फत अब ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्के बताइएको छ ।
‘एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन्,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालको परिवेशमा पनि यस प्रकारको सेवाले ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाईृ निर्मूल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ प्रदान गर्दछ ।’
यसैवीच बैंकले अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो । बैंकले देशभरका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।