१८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिताको उद्घाटन
काठमाडौं, ३ मंसिर । १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिताको उद्घाटन गरिएको छ । काठमाडौंको हायात रिजेन्सीमा आयोजित उक्त मेला प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गरिएको हो । मेला मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा विशेषगरी ई–कला नेपाल अनलाइन पोर्टल साधनमाला पुस्तकको पनि प्रधानमन्त्रीद्वारा शुभारम्भ गरिएको छ । ई–कला अनलाइन पोर्टलबाट हस्तकलाका सामग्री हेर्न खरिदबिक्रि गर्न व्यबसायीले पनि आफ्नो व्यबसायलाइ संलग्न गर्न सक्नेछन् ।
मेला उद्घाटनको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्र मुख्य देशको चिनारी अर्थतन्त्रको मुख्य मेरुदण्ड र रोजगारीको मुख्य पाटो भएकाले नेपाल सरकारबाट हरतरहको सहयोग रहने र सम्बन्धित सम्पूर्ण सरकारका निकायलाई सहयोग गर्न निर्देशन दिएका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले हस्तकलाले नेपाललाई चिनाउने पर्यटनमा सहयोग पु¥याएको र विदेशी मुद्रा स्वदेशमा भित्र्याउन सफल भएकाले हस्तकला क्षेत्रमा प्रवद्र्धनका लागि आफूले पहल गर्ने बताए ।
कार्यक्रममा वर्षका उत्कृष्ट हस्तकलाकारलाई सम्मानित गरिनेछ । कार्यक्रममा राष्ट्रिय अभिलेखालयको सहयोगमा दुर्लभ हस्तकला सामग्री पनि प्रदर्शन गरिएको छ । साथै हस्तकलाका सामग्री प्रदर्शन सहित बिक्री लागि समेत राखिएको छ ।
नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले गतबर्ष ८ अर्ब बराबरको व्यापार गरेको र ८ लाखलाई प्रत्यक्ष रोजगारी दिएको बताए । नेपाल सरकारले यस क्षेत्रको समस्या समाधानका लागि ध्यान दिनुपर्नेमा उनले बताए । त्यसैगरी महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले नेपाल सरकारले निर्यातका लागि कुनै पनि कसर बाँकी नराखी व्यबस्थापन र सहजीकरण गरिदिनुपर्ने औंल्याए ।
स्वदेशमै रोजगारी दिने नेपाल सरकारको योजनामा हस्तकलाले पनि सहयोग गरिरहेको र अझै आवश्यक नीति तथा सहजीकरण गरिदिएमा २० लाखभन्दा बढीलाई रोजगारी प्रदान हुने उपाध्यक्ष शाक्यले बताए । हस्तकला एक व्यबसाय मात्र नभई यसले अर्थतन्त्रमा सहयोग गर्ने, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, रोजगारीको अवसर प्रदान गर्ने र नेपाललाई बिश्वसामु चिनाउन सघाउने उनले बताए ।