Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

घरजग्गाको मूल्य वार्षिक औसत २६.४५ प्रतिशतले वृद्धि, गण्डकी प्रदेशमा सबैभन्दा बढी

घरजग्गाको मूल्य वार्षिक औसत २६.४५ प्रतिशतले वृद्धि, गण्डकी प्रदेशमा सबैभन्दा बढी

काठमाडौं, ४ मंसिर । घर तथा जग्गाको मूल्य वार्षिक रूपमा औसतमा २६.४५ प्रतिशतले वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनसार वाणिज्य बैंकको तथ्यांकका आधारमा वार्षिकरुपमा उक्त प्रतिशतले घरजग्गाको मूल्यमा वृद्धि हुँदै गएको पाइएको हो ।

मालपोत कार्यालयको विवरणका आधारमा भने औसतमा १९.४५ प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ । घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले मुलुकको समग्र आर्थिक स्थायित्वमा नै प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले यस क्षेत्रको मूल्य स्थितिका सम्बन्धमा जानकारी राख्नुपर्ने भएकाले अध्ययन गरीएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

केन्द्रीय बैंकले विभिन्न २० जिल्लाका मालपोत कार्यालयमा भएको घरजग्गाको किनबेच र क वर्गका विभिन्न ६ वटा वाणिज्य बैंकले प्रवाह गरेको ऋणका आधारमा सर्वेक्षण गरेको हो । बैंकले अध्ययनका लागि चयन गरेको नमूनाको प्रतिवर्गमिटर मूल्य एउटै आउने अवस्थामा सरकारले तोकेको न्यूनतम मूल्यका आधारमा धेरैजसो कारोबार हुने पाइएको छ ।

घरजग्गाको मूल्य सूचकांकले शहरी क्षेत्रलाई मात्रै समेटेको छ । आव २०७७÷७८ को पहिलो ९ महिनाको आधारमा औसतमा घरजग्गा मूल्यवृद्धि गण्डकी प्रदेशमा सबैभन्दा बढी देखिएको छ । अध्ययन प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा १९.१९ प्रतिशतले घरजग्गाको मूल्यवृद्धि भएको पाइएको छ । यस्तै, कर्णाली प्रदेशमा १९.०२ प्रतिशत, वाग्मती प्रदेशमा १८।.२ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १६.३२ प्रतिशत, प्रदेश नं २ मा १६.२ प्रतिशत, प्रदेश नं १ मा १५.१४ र लुम्बिनी प्रदेशमा ४.३२ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x