एकसाथ दुई जलविद्युत् आयोजना निर्माण हुँदै
सिन्धुपाल्चोक, ४ मंसिर । सिन्धुपाल्चोकको विकट हिमाली क्षेत्र तेम्बाथानको माथिल्लो क्षेत्रमा दुई जलविद्युत् आयोजना एकसाथ निर्माण हुने भएको छ । मंगलबार एकैदिन भएको वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइमा आयोजनाले तत्काल पहुँचमार्ग विस्तार गरी काम अगाडि बढाउने जानकारी गराइएको छ ।
ब्रम्हायणी ३६.५२ र माथिल्लो ब्रम्हायणी १५.१५ मेगावाट क्षमताको जलविद्युत् आयोजना भएको र यसका लागि पूर्वाधार तयारीका काम तत्काल सम्पन्न गरी आगामी आर्थिक वर्षको शु?आतबाट आयोजना निर्माण हुने ब्रम्हायणी जलविद्युत् आयोजना र माथिल्लो ब्रम्हायणीको निर्माण कम्पनी इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिका प्रमुख भरत पराजुलीले जानकारी दिएका छन् ।
कम्पनीले आयोजना निर्माणस्थल जुगल गाउँपालिका– २ र ३ सम्म पुग्ने १६ किलोमिटरमध्ये १० किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भएको र बाँकी छ किलोमिटर सडक निर्माण सम्पन्न गरी आयोजनाको काम सु? गर्ने भएको छ । ‘पहुँचमार्ग, आयोजनास्थलको आवासगृह र आयोजना निर्माणका अन्य पूर्वाधार निर्माण सम्पन्न गरी आयोजनाको काम सु? हुनेछ,’ निर्माण कम्पनीका प्रमुख पराजुलीले भने, ‘दुवै आयोजना सम्पन्न गर्न १० अर्ब लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ र तीन महिनाभित्र पहुँचमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक सुनुवाइ कार्यक्रममा आयोजना निर्माणस्थल तथा प्रभावित क्षेत्र जुगल गाउँपालिका– ३ तेम्बाथान र वडा नं २ दीपुका स्थानीयले स्थानीयका जायज माग र वातावरण सुरक्षामा ध्यान दिँदै थप काम अगाडि बढाउन सुझाव पेश गरेका छन् ।