गैरआवासीय नेपाल संघको दशौँ महाधिवेशन डिसेम्बर १९ र २० तारिखमा
काठमाडौं, ४ मंसिर । गैर आवासीय नेपाली संघ (एनआरएनए)को दशौँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी डिसेम्बर १९ र २० तारिखमा हुने भएको छ। संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन तोकिएको छ।
गत महिनाको लागि तय गरिएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० को १० औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको थियो। परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भएको छलफलपछि महाधिवेशन गर्ने सहमति भएको अध्यक्ष कुमार पन्तले बताएका छन्।