
काठमाडौं, ४ मंसिर । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरिएको छ। उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्युत प्राधिकरण, रत्नपार्कको प्राङ्गणमा भएको हो।
सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक डिल्लीरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापाले संयुक्त रुपमा औपचारिक उद्घाटन गरेका हुन्।
नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले स्थापना गरेको यस श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नेछन्। समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग अब बैंकिङ्ग क्षेत्रमा मात्र सिमित नरहि सहकारीहरुले पनि उत्तिकै प्राथमिकतामा राख्न थालेका छन्। यसले आगामी दिनमा डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ्ग कारोबार अझ सहज र सुदृढ हुने विश्वास गरिएको छ।
Leave a Reply