Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

८.९ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा

८.९ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा

काठमाडौं, ८ पुस । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा कर्जा ८.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३२.२ प्रतिशतले बढेको
छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ११.६ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १३.९ प्रतिशतले बढेको छ । २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७७ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.४ प्रतिशत थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x