१२.५३ अंकले बढ्यो शेयरबजार, ४ अर्ब ४९ करोडको कारोबार

काठमाडौं, ८ पुस । साताको चौथो कारोबार दिन बिहीवार शेयर बजार १२.५३ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.५० प्रतिशतले बढेर २५२०.२३ अंकमा बन्द भएको हो ।

यस दिन २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ ।

बढेको बजारमा शिखर इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो । यस्तै सर्वाधिक गुमाउनेमा गोर्खा फाइनान्स कम्पनीको शेयरमूल्य ६.७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी कम्पनी रहेको छ । यस कम्पनीको ३६ करोड २४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *