Date

बुध, असार २५, २०८२
Wed, July 9, 2025

कुमारी बैंकलाई पैसा ह्याक गर्ने धम्कीपूर्ण इमेल

कुमारी बैंकलाई पैसा ह्याक गर्ने धम्कीपूर्ण इमेल

काठमाडौं, १५ पुस । कुमारी बैंकलाई एक ह्याकरले सिस्टम ह्याक गरेर सबै पैसा निकाल्ने धम्कीसहितको इमेल पठाएको छ ।

साउदी गु्रपको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको हो ।


बिहीबार यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको थियो । अहिले सबै सुरक्षित रहेको भन्दै रोकिएको सेवा सुरू गर्ने तयारी गरेको बैंकले जनाएको छ ।


नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कुमारी बैंकले जानकारी गराएकाले केही समय सेवा बन्द भएपनि अहिले सबै सिष्टम अनुगमन गरेर सुरक्षित रहेकोले सेवा सूचारु गरेको राष्ट्र बैंकले थाहा पाएको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *