ओमिक्रोन र डेल्टा भेरियन्टको मिश्रण भयावह हुने डब्ल्यूएचओको चेतावनी
पेरिस, १६ पुस । कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो अवस्था सृजना हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । युरोप र अमेरिकामा बढ्दो मात्रामा कोभिडका नयाँ सङ्क्रमित देखापरिरहँदा डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससको त्यस्तो भनाइ आएको हो । डा टेड्रोसले दुईवटा भेरियन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन् ।
कोभिडको सुनामीले स्वास्थ्य सेवा प्रणालीलाई चुनौती दिने खतरा रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले गरेको रेकर्ड वृद्धिले विश्वभर नयाँ वर्षको उत्सवलाई फेरि एकपटक धमिलो पारेको डब्ल्यूएचओले बुधबार भनेको छ ।
अध्ययनले कैयौँ देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको बताएको छ । फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनलाई लहर मात्र भनेर नपुग्ने ब? ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताएका छन् । एजेन्सी